‘रंगी’को दोस्रो गीत ‘तिम्रै संसारमा’ सार्वजनिक

भक्तपुर न्यूज

८ माघ २०८१ १३:५३

‘रंगी’को दोस्रो गीत ‘तिम्रै संसारमा’ सार्वजनिक

काठमाडौं । चलचित्र ‘रंगी’को दोस्रो गीत ‘तिम्रै संसारमा’ सार्वजनिक गरिएको छ ।

भ्यालेनटाइन डेको दिन पारेर आगामी फागुन २ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘रंगी’को दोस्रो गीत सोमबार युट्युबमार्फत् सार्वजनिक गरिएको हो ।

उक्त गीतमा भीम बिसी र रजज्ञा श्रेष्ठको पार्श्व गायन छ भने गायक बिसी स्वयंको शब्द रचना तथा संगीत छ । गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन् । गीतले बाबु–छोरीबीचको भावनात्मक सम्बन्धलाई प्रस्तुत गरेको छ ।

शिशिर खातीको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु सलोन बस्नेत, नम्रता श्रेष्ठ, आयुषी ढकाल र सुमिन गुरुङ चित्रित छन् । चलचित्रमा सलोन र आयुषी बाबु–छोरीको भूमिकामा छन् ।

सुरेश न्यौपानेको डेब्यु निर्देशनमा तयार भएको चलचित्रमा दीलिप रायमाझी, उत्तम केसी, सुमिन गुरुङ, विशाल पहारी लगायतको पनि अभिनय छ । सलोन स्वयं प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता सक्षम सुवेदी, करिश्मा केसी (बस्नेत) र अनिश गौतम हुन् ।

चलचित्रमा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, बन्दे प्रसादको सम्पादन तथा कविराज गहतराज र शिशिर खातीको नृत्य निर्देशन रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *