परराष्ट्रमन्त्री राणा र इजिप्टका विदेश मामिलामन्त्रीबीच टेलिफोनवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजिप्टका विदेशमन्त्री डा. बदर अब्देल–अतीसँग टेलिफोन वार्ता गरेकी छन् ।
टेलिफोन वार्ताको क्रममा परराष्ट्रमन्त्री डा. राणाले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइमा सघाउन आग्रह गरेकी थिइन् ।
फोनवार्ताका क्रममा मन्त्री राणाले इसराइल सरकार र हमासबीचको युद्धविरामका लागि इजिप्टले निर्वाह गरेको भूमिकाका लागि इजिप्ट सरकारलाई धन्यवाद दिएकी थिइन् ।
जवाफमा अब्देल–अतीले विपिन जोशीको रिहाइलाई प्राथमिकतामा राख्न गाजामा रहेका आफ्ना वार्ताकारलाई निर्देशन दिने बताएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१९ जेठ २०८२ ११:४९
भारतमा भारी वर्षा, बाढीपहिरोबाट १४ जनाको मृत्यु
१९ जेठ २०८२ ११:५३
पीएसजीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्यो
२० जेठ २०८२ १२:३३
जेलेन्स्कीले किङ अफ ड्रोन्सको पत्ता खेले ४० रुसी लडाकु विमान ध्वस्त
२० जेठ २०८२ १३:४१
वार्ता समिति गठन गरेपनि चक्काजाम जारी
२० जेठ २०८२ १४:२७