जनकपुरमा तीन जना चढेको भारतीय मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, अन्य चार घाइते

भक्तपुर न्यूज

६ माघ २०८१ ११:१५

जनकपुरमा तीन जना चढेको भारतीय मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, अन्य चार घाइते

काठमाडौं । धनुषाको जनकपुर उपमहानगरपालिका–२३ मा तीन जना चढेको भारतीय मोटरसाइकलको ठक्करबाट स्कुटरमा आएकी एक महिलाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

शनिबार साँझ जनकपुर–जलेश्वर सडकखण्डमा जलेश्वरबाट जिरोमाईलतर्फ आउँदै गरेको बी.आर.०६ डि.जे. २६३२ नम्बरको भारतीय नम्बरको मोटरसाइकलले ज १२ प ६०३८ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा महोत्तरीको पिपरा गाउँपालिका–५ निवासी ६० वर्षीया राजमरी देवीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीका अनुसार ठक्करबाट गम्भीर घाइते उनको विराटनगरको नोबेल अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।

यस्तै, दुर्घटनामा स्कुटर चालक ६५ वर्षीय कामेश्वर प्रसाद यादव घाइते भएका छन् । उनको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ ।

मोटरसाइकल चालकसहित त्यसमा चढेका तीन जना नै सामान्य घाइते भएका छन् । उनीहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस घटनाको थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *