राष्ट्रहितलाई केन्द्रमा राख्नेलाई समेटेर अघि बढ्ने : रावल
काठमाडौं । नेकपा एमालेले कारबाही गरेका पूर्वउपाध्यक्ष भीम रावल धनगढी पुगेर एमाले पार्टीमा रहेका मान्छे नियाल्न सुझाव दिएका छन् ।
एमालेले आफूलाई राजावादीसँग साँठगाँठ गर्यो भन्नुभन्दा पनि आफ्नो पार्टीमा कस्ताकस्ता मान्छे छन् नियाल्न सुझाव दिएका हुन् ।
मातृभूमि जागरण अभियानका संयोजक रावलले आफूलाई राजावादीसँग साँठगाँठ गरेको आरोपको अस्वीकार गरेका छन्। धनगढी आइपुगेका नेता रावलले आफूहरूले राष्ट्रहितलाई केन्द्रमा राख्ने सबैलाई समेटेर अघि बढ्ने बताए।
उनले भने, ‘नेपालमा विभिन्न समूहहरू छ्न्। नागरिक, बुद्धिजीवी, राजनीतिक दलसँग आवद्ध व्यक्तिहरू छन्। उहाँहरूसँग छलफल गरेर अघि बढ्छु। मैले भनेकै हुनुपर्छ भन्ने छैन। सबैसँग छलफल गरेर नै अघि बढ्ने हो। हामीले आफ्नो नीतिसहित अभियान सुरू गरेका छौं। अब छलफलको क्रममा सबैसँग हामी खुला छौं।’
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१८ जेठ २०८२ ११:४९
भारतमा भारी वर्षा, बाढीपहिरोबाट १४ जनाको मृत्यु
१८ जेठ २०८२ ११:५३
पीएसजीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्यो
१९ जेठ २०८२ १२:३३
जेलेन्स्कीले किङ अफ ड्रोन्सको पत्ता खेले ४० रुसी लडाकु विमान ध्वस्त
१९ जेठ २०८२ १३:४१
वार्ता समिति गठन गरेपनि चक्काजाम जारी
१९ जेठ २०८२ १४:२७