रवि लामिछानेको बयान न्यायाधीश माधव अधिकारीको इजलासमा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति रवि लामिछानेको बयान न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा हुने भएको छ । अदालत स्रोतका अनुसार अधिकारीकै इजलासमा लामिछानेको बयान र थुनछेक बहस हुने छ ।
लामिछाने आज बिहान साढे ९ बजे नै अदालतमा हाजिर भएका थिए । यसअघि कास्की जिल्ला अदालतले उनलाई सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा ६५ लाख धरौटी माग गरी छाड्न आदेश दिएको थियो ।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको कसुरमा अभियोग पत्र दायर भएपछि उनी आइतबार आफैँ अदालतमा हाजिर भएका हुन् ।
कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा धरौटीमा रिहा भएका लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मीसहित, बुटवलको सुप्रिम, चितवनको सहारा र पर्साको सानो पाइलामा पनि मुद्दा दर्ताको प्रक्रिया अघि बढेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१९ जेठ २०८२ ११:४९
भारतमा भारी वर्षा, बाढीपहिरोबाट १४ जनाको मृत्यु
१९ जेठ २०८२ ११:५३
पीएसजीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्यो
२० जेठ २०८२ १२:३३
जेलेन्स्कीले किङ अफ ड्रोन्सको पत्ता खेले ४० रुसी लडाकु विमान ध्वस्त
२० जेठ २०८२ १३:४१
वार्ता समिति गठन गरेपनि चक्काजाम जारी
२० जेठ २०८२ १४:२७