बलात्कार मुद्दामा झन्डै ८ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

भक्तपुर न्यूज

२४ पुष २०८१ १३:४२

बलात्कार मुद्दामा झन्डै ८ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बलात्कार मुद्दामा झन्डै आठ वर्ष कैद सजाय तोकिएका एक फरार प्रतिवादी पक्राउ परेका छन्। बाँके प्रहरीले जिल्लाको खजुरा गाउँपालिका–२ घर भई हाल नेपालगञ्ज उपमहानगरपालिका–४ मा बस्दै आएका ४५ वर्षीय रामबहादुर सुनारलाई बुधबार पक्राउ गरेको हो।

बाँके जिल्ला अदालतको २०८० पुस १६ गतेको फैसला अनुसार सुनारलाई बलात्कार मुद्दामा ७ वर्ष १० महिना २४ दिन कैद सजाय र तीन लाख रुपैयाँ जरिवाना तोकेको थियो। त्यसयता उनी फरार रहँदै आएका थिए।

जिल्लाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले सुनारलाई बुधबार बिहान पक्राउ गरी अदालतमा पेश गरेको थियो। सजाय भुक्तानका लागि उनलाई कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *