स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनमा दुई प्रतिवादी धरौटी बुझाएर रिहा

भक्तपुर न्यूज

२४ पुष २०८१ १२:११

स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनमा दुई प्रतिवादी धरौटी बुझाएर रिहा

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनमा दुई जना प्रतिवादी धरौटी बुझाएर रिहा भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासले मंगलबार दुवै जना प्रतिवादीलाई धरौटीमा छाड्न आदेश दिएको स्रेस्तेदार रामु शर्माले जानकारी दिए।

जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा निवर्तमान लेखा समिति सदस्य सुनिता नेवा र निवर्तमान सञ्चालक समिति सदस्य कमल सुवेदी थिए। सुनिता नेवासँग चार लाख र कमल लामासँग तीन लाख धरौटी माग भएको स्रेस्तेदार शर्माले बताए।

‘उहाँहरूले धरौटी बुझाएर छुटिसक्नुभएको छ। बाँकीको हकमा अन्य ठाउँको प्रक्रिया सकेपछि यहाँ झिकाएर सुनुवाइ अघि बढ्छ,’ उनले भने।

अन्य प्रतिवादीहरू राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्वडिआइजी छविलाल जोशी र कुमार रम्तेल कास्कीमा छन्। ३९ जना प्रतिवादी रहेको स्वर्णलक्ष्मी सहकारी ठगीमा पाँच जना बाहेक अन्य फरार छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *