झिनो अंकले बढ्यो नेप्से, साढे ५ अर्ब बढीको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) झिनो अंकले बढेको छ । साताको तेस्रो कारोबारका दिन परिसूचक ६.१६ अंकले बढेर २६४६.८४ को विन्दुमा बन्द भएको हो । मंगलबार बजारमा १ करोड २० लाख ८१ हजार ६०६ कित्ता शेयरको खरिद बिक्री हुँदा ५ अर्ब ३८ करोड ४६ लाख ७२ हजार रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो दिन सोमबार मात्रै ४९.१२ अंकले बढेर २६४०.६८ को विन्दुमा बन्द भएको थियो । मंगलबार सबैभन्दा बढी सप्तकोशी डेभलपमेन्ट बैंक र ङादी हाइड्रो पावरको शेयर मूल्य १० प्रतिशतले बढेको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र डोल्टी पावर कम्पनीको शेयर मूल्य १० प्रतिशतले घटेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
६ जेठ २०८२ १२:१६