नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजै सकिने
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजै सकिने भएको छ । यसका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिउँसो २ बजेसम्म केन्द्रीय सदस्यहरूले धारणा राखिसकेपछि जवाफ र निर्णय प्रक्रियामा अगाडि बढ्ने प्रस्ताव गरेका छन् ।
मंगलबारको बैठकको सुरुमा बोल्दै प्रचण्डले आफूले पेस गरेको राजनीतिक प्रस्तावमा सबैको सर्वसम्मत धारणा आएको बताए । त्यसैले छलफलको प्रक्रिया छोट्उने भनेर उनले दिउँसो २ बजेसम्म केन्द्रीय सदस्यहरूले धारणा राखिसक्ने र निर्णय प्रक्रियामा अघि बढ्ने बताएका हुन् ।
आइतबार प्रचण्डले ३० पेजको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसमा धारणा राख्न १८० जनाले नाम टिपाएका थिए । ८० जनाले सोमबार बोलेका थिए । बाँकीले बोल्नेक्रम जारी छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१९ जेठ २०८२ १२:३३
जेलेन्स्कीले किङ अफ ड्रोन्सको पत्ता खेले ४० रुसी लडाकु विमान ध्वस्त
२१ जेठ २०८२ ९:०४
आईपीएलको उपाधि रोयल च्यालेन्जर्स बेंगलुरुले पहिलो पटक जित्यो
१९ जेठ २०८२ १२:२९
आज सोमबार सुन तोलामा एक हजार रुपैयाँ वृद्धि
१९ जेठ २०८२ १३:४१
वार्ता समिति गठन गरेपनि चक्काजाम जारी
१९ जेठ २०८२ १४:२७