शुक्लाफाँटामा नेपालको जमिन भारतले उपभोग गरिरहेकोमा गृहमन्त्रीको ध्यानाकर्षण

भक्तपुर न्यूज

२२ पुष २०८१ १५:००

शुक्लाफाँटामा नेपालको जमिन भारतले उपभोग गरिरहेकोमा गृहमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले कञ्चनपुरको शुक्लाफाँटामा नेपालको जमिन भारतीयले उपभोग गरिरहेको भन्दै गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएका छन् । सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद पन्तले शुक्लाफाँटामा नेपालको जमिन भारतीयले उपभोग गरिरहेको विषयमा गृहमन्त्री लेखकको ध्यानाकर्षण गराएका हुन् ।

‘कञ्चनपुरको शुक्लाफाँटामा भारतीयले उपभोग गरिरहेको जमिन सरकारले आफ्नो जिम्मा ल्याउन पहल भइरहेको छ कि छैन ? यसमा गृहमन्त्रीको ध्यानाकर्षण होस्,’ उनले भने, ‘हाम्रो भूमि हाम्रो स्वामित्वमा आओस् । हाम्रो भूमिको रक्षा सरकारले गरोस् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *