चितवन राष्ट्रिय निकुञ्जकाे पश्चिम क्षेत्रमा गैंडा मृत फेला

भक्तपुर न्यूज

२२ पुष २०८१ १४:३८

चितवन राष्ट्रिय निकुञ्जकाे पश्चिम क्षेत्रमा गैंडा मृत फेला

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जकाे पश्चिम क्षेत्रमा साेमबार एउटा गैंडा मृत फेला परेकाे छ । निकुञ्जका सुचना अधिकारी अविनाश थापा मगरका अनुसार पश्चिम सेक्टर स्थित पिप्रहर घाट पारी गैँडा जुधेर मरेको अवस्थामा भेटिएको हाे ।

अन्दाजी २३ वर्षकाे उक्त भाले गैंडाकाे खाग खुर लगायतका अवयवहरू सकुशल रहेको बताइएको छ । निकुञ्जकाे तथ्यांक अनुसार चालू आवको आधा आधि भित्रै प्राकृतिक कारणसहित १३ गैंडा मरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *