उरुग्वेका फुटबलर माथियस इक्वेडरको अम्बातोमा मृत फेला

भक्तपुर न्यूज

२२ पुष २०८१ १२:२५

उरुग्वेका फुटबलर माथियस इक्वेडरको अम्बातोमा मृत फेला

काठमाडौं । उरुग्वेका फुटबलर माथियस अकुना इक्वेडरको अम्बातोमा मृत भेटिएका छन् । इक्वेडरकै क्लब मुसुक रुनाबाट व्यावसायिक फुटबल खेल्ने ३२ वर्षीय अकुना आफ्नै होटेलको कोठामा मृत फेला परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

घटनापछि उनको क्लब रुनाले प्रारम्भिक मेडिकल रिर्पोटले अकुनाले आत्महत्या गरेको हुन सक्ने देखाएको जनाएको छ ।

“प्रारम्भिक मेडिकल रिर्पोटअनुसार, अकुनाले आत्महत्या गरेको अनुमान गरिएको छ,” मुसुक रुनाले सामाजिक सञ्जालमा लेखेको छ, “हामी यस घटनाबाट स्तब्ध बनेका छौँ । हामी उनको परिवारप्रति यस कठिन घडीमा ऐक्यबद्धता दोहोर्‍याउन चाहन्छौँ ।”

अकुना सन् २०२४ मा फेनिक्सबाट इक्वेडरको क्लबमा अनुबन्धित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *