दक्षिण कोरियाका निलम्बित राष्ट्रपतिलाई पक्राउ गर्न पुगेको प्रहरी टोली असफल

भक्तपुर न्यूज

१९ पुष २०८१ १२:५४

दक्षिण कोरियाका निलम्बित राष्ट्रपतिलाई पक्राउ गर्न पुगेको प्रहरी टोली असफल

काठमाडौं । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योललाई पक्राउ गर्न पुगेको प्रहरी टोली फर्किएको छ । यस गिरफ्तारीको विरोधमा उनका समर्थकहरु ठूलो संख्यामा योलको निवास बाहिर भेला भएपछि पक्राउ गर्न गएको प्रहरीको टोली उनीसंम पुग्न असफल भएको थियो ।

राष्ट्रपतिको सुरक्षा बलले प्रहरीलाई राष्ट्रपति युन पुग्नबाट रोकेको मिडिया रिपोर्टमा उल्लेख छ । योलले ३ डिसेम्बरको रातमा अचानक मार्शल लको घोषणा गरेपछि उनीविरुद्ध महाअभियोग लगाइएको थियो । त्यसपछि यस हप्ताको सुरुमा उनीविरुद्ध पक्राउ वारेन्ट जारी गरिएको थियो ।

योललाई राष्ट्रपतिको शक्तिको दुरुपयोग र विद्रोहलाई उक्साएको घटनाको अनुसन्धान गरिरहेका अधिकारीहरूसामु उपस्थित हुन बोलाइएको थियो । तर उनले जवाफ दिन नमानेपछि पक्राउ पुर्जी जारी गरिएको थियो ।

अहिले उनलाई पक्राउ गर्न करिब २० प्रहरी अधिकारीको टोली योलको घर पुगेको भएपनि उनका समर्थकले भित्र पस्न नदिएको बताइएको छ । राष्ट्रपतिका वकिलले यो अवैध गिरफ्तारी वारेन्ट भएको भन्दै यसलाई चुनौती दिने बताएका छन् । योललाई महाअभियोग लगाउने अन्तिम निर्णय देशको संवैधानिक अदालतको फैसलापछि मात्र हुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *