सेयरधनीहरूलाई यो बर्ष पनि लाभांश नदिने कुमारी बैंकको निर्णय

भक्तपुर न्यूज

१९ पुष २०८१ १२:४६

सेयरधनीहरूलाई यो बर्ष पनि लाभांश नदिने कुमारी बैंकको निर्णय

काठमाडौं । कुमारी बैंक लिमिटेडका सेयरधनीहरूले यस वर्ष पनि लाभांश नपाउने भएको छ । पुस १८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेपछि सेयरधनीहरूले लाभांश नपाउने भएका हुन् ।

बैंकले आर्थिक वर्ष २०७८/७९ पछि लाभांश वितरण गरेको छैन । लाभांश वितरण नगर्ने भए पनि बैंकले गत वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू आगामी वार्षिक साधारण सभामा पेस गर्नेछ । यसका लागि बैंकले नेपाल राष्ट्र बैंक समक्ष सो वित्तीय विवरणहरू स्वीकृतिका लागि पेस गर्ने निर्णय गरेको छ ।

चालु आर्थिक बर्षको असोज मसान्तसम्म कुमारी बैंकले १ अर्ब ७ करोड रुपैयाँभन्दा बढी नाफो कमाएको छ भने वितरणयोग्य नाफा भने ३ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी ऋणात्मक रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *