नेप्समा सामान्य अंकको सुधार, कारोबार रकम भने घट्यो

भक्तपुर न्यूज

१७ पुष २०८१ १५:५०

नेप्समा सामान्य अंकको सुधार, कारोबार रकम भने घट्यो

काठमाडौं । नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन मंगलबार ३३ अंकले घटेको सेयर बजार आज ५.१० अंकले बढेर २५८१.६० विन्दुमा पुगेको छ। नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम भने मंगलबारको तुलनामा घटेको छ।

आज ३०५ स्क्रिप्सको ९४ लाख ३४ हजार ९ कित्ता सेयर ३ अर्ब ५९ करोड ७४ लाख ४५ हजार ३३४ रुपैयाँमा खरिदबिक्री भए। मंगलबार ५ अर्ब ६७ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। यसदिन एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। त्रिशूली जल विद्युतको सेयर १० प्रतिशतले बढ्यो।

सपोर्ट माइक्रो फाइनान्सका लगानीकर्ताले भने सर्वाधिक गुमाए। कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको २१ करोड ८२ लाख मूल्य बराबरको सेयर कारोबार भयो।

जानकी फाइनान्सको ९ करोड ६९ लाख, त्रिशूली जल विद्युत कम्पनीको ९ करोड २९ लाख, प्रभु बैंकको ८ करोड ८८ लाख र नेपाल फाइनान्सको ८ करोड ४८ लाख मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएका १५० स्टक्सको मूल्य बढ्दा ८८ वटाको घट्यो। ४ वटा स्टक्सको मूल्य भने आज स्थिर रह्यो। ८ समूहको उपसूचक बढ्दा ५ वटाको उपसूचक भने नकारात्मक देखिए।फाइनान्स समूहको उपसूचक सर्वाधिक ३.८७ प्रतिशतले बढ्यो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *