रास्वपा सांसद सोविता बाबुराम निवासमा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोविता गौतम नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष बाबुराम भट्टराईलाई भेट्न उनकै निवासमा पुगेकी छन्। सांसद गौतम मंगलबार बिहान श्रीमान् गृहेन्द्र घिमिरेसहित भट्टराई निवास पुगेकी हुन्।
बाबुरामसँगको भेटमा वैकल्पीक राजनीतिको भविष्यबारे छलफल भएको बताइएको छ। ‘रास्वपा युवा सांसद सोबिता गौतम र युवा उद्यमी गृहेन्द्र घिमिरे दम्पत्तीसँग देशको अर्थ–राजनीतिक अवस्था, वैकल्पिक राजनीतिको औचित्य लगायत विविध विषयमा उपयोगी विमर्श,’ भेटबारे भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्।
रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगीको आरोपमा हिरासतमा रहेपछि रास्वपा र बाबुरामबीच छलफल तथा भेटघाट बाक्लिएको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
५ जेठ २०८२ १३:२१
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
६ जेठ २०८२ १२:१९