हिमालयन बैंकको नयाँ बानेश्वर शाखा कोटेश्वरमा स्थानन्तरण

भक्तपुर न्यूज

१५ पुष २०८१ ११:४६

हिमालयन बैंकको नयाँ बानेश्वर शाखा कोटेश्वरमा स्थानन्तरण

काठमाडौं । हिमालयन बैंक लिमिटेडले नयाँ बानेश्वरमा रहेको शाखालाई कोटेश्वरमा स्थानन्तरण गरेको छ । सिभिल बैंकलाई प्राप्ति गरेपछि बैंकले ग्राहक सुविधालाई ध्यानमा राखेर नजिक भएका शाखाहरूलाई अन्यत्र स्थानन्तरण गर्दै आइरहेको छ ।

यही क्रममा नयाँ बानेश्वरमा रहेको शाखालाई काठमाडौं महानगरपालिका–३२ स्थित कोटेश्वरमा स्थानन्तरण गरिएको बैंकले जनाएको छ । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अनुप मास्केले कोटेश्वर शाखाको शुभारम्भ गरेका थिए । नयाँ शाखाबाट आइतबारदेखि नै ग्राहकलाई बैंकिङ सेवा दिन थालिएको बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *