मितेरी डेभलपमेन्ट बैंक नेपाल राष्ट्र बैंकको कारबाहीमा

भक्तपुर न्यूज

१५ पुष २०८१ १०:३८

मितेरी डेभलपमेन्ट बैंक नेपाल राष्ट्र बैंकको कारबाहीमा

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक नेपाल राष्ट्र बैंकको कारबाहीमा परेको छ । केन्द्रीय बैंकको बैंक सुपरीवेक्षण विभागले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा मितेरीलाई कारबाही गरेको हो । मासिक व्याजदर अन्तर तोकिएको सिमाभित्र कायम नगरेकोले बैंकलाई कारबाही गरेको हो । यस्तो कार्य फेरि नगर्न राष्ट्र बैंकले सचेत गराएको छ ।

संस्थाले २०८१ असार महिनामा राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन, २०८० को इजाजत प्राप्त निर्देशन नम्बर १५ को बुँदा नम्बर ९४० मा तोकिएको ४।६० प्रतिशतको अधिकतम ब्याजदर अन्तर भन्दा बढी ब्याजदर अन्तर कायम गर्न नपाउने व्यवस्था व्यवस्था पालन नगरेको उल्लेख गरिएको छ ।

राष्ट्र बैंकले जारी एकीकृत निर्देशन २०८० को इजाजत प्राप्त निर्देशन नं १५ को बुँदा नम्बर ४ को उपबुँदामा भएको व्यवस्था बमोजिम उक्त संस्थाको शाखा विस्तारमा रोक लगाउने तथा भूकम्प पिडितलाई प्रवाह गरिने बाहेकका अन्य पुनर्कर्जा सुविधा प्रदान नगर्ने गरी कारबाही गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *