दोहोरो अङ्कले बढ्यो सेयर बजार, ५ अर्ब २० करोडको कारोबार
काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा दोहोरो अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक १४ दशमलव ११ अङ्कले बढेर २६२६ दशमलव ३१ को विन्दुमा पुगेको छ ।
मंगलबार ३१२ कम्पनीका ६४ हजार ९१७ पटकको कारोबारमा एक करोड २७ लाख ४६ हजार ४१० कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब २० करोड २२ लाख ६३ हजार रुपैयाँ रहेको छ ।
१६७ कम्पनीको सेयर मूल्य बढ्दा ७१ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये बाँकीमा हरियाली छाउँदा निर्माण कम्पनीमा भारी गिरावट आएको छ भने व्यापार कम्पनी पनि राताम्मे छन् । तीन कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउँदा जानकी फाइनान्समा लगानीकर्ता झुम्मिएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
६ जेठ २०८२ १२:१६