२८.९१ अंकले बढ्यो शेयर बजार

भक्तपुर न्यूज

८ पुष २०८१ १६:२८

२८.९१ अंकले बढ्यो शेयर बजार

काठमाडौं । शेयर बजार आज बढेको छ । आज २८.९१ अंकले बढेर बजार दुई हजार ६ सय १२ दशमलव २० अंकमा बन्द भएको छ । यसैगरी आज सेन्सेटिभ इण्डेक्स ३.४८ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.९४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१९ अंक बढेको छ ।

नेप्से बढेपनि आज कारोबार रकम भने सामान्य घटेको छ । हिजो ४ अर्ब ५१ करोड ८३ लाख ८५ हजार रुपैयाँबराबरको कारोबार भएको बजारमा आज ४ अर्ब ४३ करोड २४ हजार ६ सय ३ रुपैयाँ बराबरको मात्र कारोबार भएको छ ।

आज कारोबारमा आएका कम्पनीहरुमध्ये १९४ कम्पनीको शेयर मूल्य बढेको छ भने ४२ कम्पनीको घटेको छ । यस्तै, ८ कम्पनीको शेयरमूल्य स्थिर छ ।

आज सपोर्ट लघुवित्त वित्तीय संस्था, सुपर मादी हाइड्रोपावर र बाराही हाइड्रोपावर पब्लिकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस्तै, मानुषी लघुवित्त वित्तीय संस्थाको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

१३ उपसमूहमध्ये आज १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ । आज म्युचुअल फण्ड उपसमूहको परिसूचक ४.२१ प्रतिशत घटेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *