आज पनि घट्यो शेयर बजार, चार अर्ब ५१ करोड रुपैयाँको कारोबार

भक्तपुर न्यूज

७ पुष २०८१ १५:२५

आज पनि घट्यो शेयर बजार, चार अर्ब ५१ करोड रुपैयाँको कारोबार

काठमाडौं । शेयर बजार आज पनि घटेको छ । गत साताको बुधबारदेखि घट्न थालेको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ५३ अङ्कले घटेर दुई हजार पाँच सय ८३ दशमलव २९ विन्दुमा झरेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.६९ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०९ अंक घटेको छ ।

आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ४ अर्ब ७६ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ४ अर्ब ५१ करोड ८३ लाख ८५ हजार रुपैयाँबराबरको ९१ लाख ८० हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

१३ उपसमूहमा ऊर्जा र उत्पादन तथा प्रशोधनबाहेक सबै उपसमूहको शेयर घटेको छ । कारोबारमा आएका २४४ मध्ये १५४ कम्पनीको शेयर घट्दा ८४ को बढेको छ भने ६ कम्पनीको शेयरमूल्य स्थिर छ ।

आज सपोर्ट माइक्रोफाइनान्स, बाराही हाइड्रोपावर, न्यादी हाइड्रोपावर र सुपर मादी हाइड्रोपावरको शेयर १० प्रतिशतले बढेको हो । यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य भने आज सर्वाधिक ६.४० प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा आज रिभर फल्स पावर शीर्ष स्थानमा रहेको छ । यो कम्पनीको आज २२ करोड ३ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *