कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कर्मचारीले गरेको आन्दोलन स्थगित
काठमाडौं । जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थायी रूपमा कार्यरत ५८ जना शिक्षक तथा कर्मचारीको स्तरवृद्धि र नियमावलीअनुसारको तलब भत्ता नपाएको विषयलाई लिएर भइरहेको आन्दोलन स्थगित भएको छ ।
उपकुलपतिबाट माग सम्बोधन गर्ने लिखित प्रतिबद्धता प्राप्त भएपछि हिजोदेखि आन्दोलनका सबै कार्यक्रम स्थगन गरेको आन्दोलनरत शिक्षक तथा कर्मचारीले बताएका छन् । प्रतिष्ठानका शिक्षक र कर्मचारीको स्तरवृद्धि र तलब भत्ताको विषयमा गएको भदौ २६ गते उच्च अदालत सुर्खेत जुम्ला इजलासबाट कर्मचारीको पक्षमा फैसला भएको थियो ।
फैसला कार्यान्वयन नभएको भन्दै कर्मचारीले गएको कात्तिक २६ गतेदेखि विभिन्न दबावमूलक कार्यक्रम गरिरहेका थिए । माग सम्बोधन गर्नेे लिखित प्रतिबद्धता प्राप्त भएपछि आन्दोलन स्थगित गरेर कर्मचारीहरू नियमित काममा फर्किएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
९ वैशाख २०८२ १३:२२
कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने निर्णय
८ वैशाख २०८२ १४:०८
राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुला
८ वैशाख २०८२ १४:२४
सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसको ८८ वर्षमा निधन
९ वैशाख २०८२ १७:१०