परराष्ट्रमन्त्री राणा नयाँ दिल्लीमा
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा नयाँ दिल्ली पुगेकी छन् । उनी आज बिहान भारतको राजधानी नयाँ दिल्ली पुगेकी हुन् । जर्मनीको राजधानी बर्लिनबाट बुधबार प्रस्थान गरेकी उनी आज बिहान नयाँदिल्ली पुगेकी हुन्।
नयाँदिल्लीस्थित विमानस्थलमा बिहान साढे ८ बजे ओर्लिएकी परराष्ट्रमन्त्री राणालाई भारतस्थित नेपाली दूतावासका अधिकारीहरूले स्वागत गरेका थिए। केही दिन भारतमा रहँने राणाले समकक्षी एस जयशंकर लगायतसँग भेटवार्ता गर्ने सम्भावित कार्यसूची छ । दिल्लीमा परराष्ट्रमन्त्री राणा एक सार्वजनिक कार्यक्रममा सहभागी हुनेछिन् ।
राणाको भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको मिति पनि तय हुनसक्ने उच्च स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री ओलीले यसै महिनाको अन्तिम साता भारत भ्रमण गर्नेगरि तयारी थालेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
५ जेठ २०८२ १३:२१
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
६ जेठ २०८२ १२:१९