५.६० अंकले घट्यो सेयर बजार, ४ अर्ब २७ करोडको कारोबार
काठमाडौं । तीव्र उतारचढावपछि नेपाल स्टक एक्सचेन्ज(नेप्से) झिनो अङ्कले घटेको छ । बुधबार नेप्से परिसूचक ५.६० अङ्कले घटेर २६२८.२६ को विन्दुमा बन्द भएको हो । आज बजारमा ८१ हजार ४७ हजार ३२० कित्ता शेयरको खरिद बिक्री हुँदा ४ अर्ब २७ करोड ८२ हजार रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो दिन मङ्गलबार २.९५ अङ्कले बढेर २६३३.८७ को विन्दुमा बन्द भएको थियो । यस दिन बजारमा ८९ लाख ३९ हजार ३४८ कित्ता शेयरको खरिद बिक्री हुँदा ४ अर्ब ३४ करोड ३२ लाख ३४ हजार रुपैयाँको कारोबार भएको थियो ।
बुधबार शेयर बजार खुलेको पहिलो एक घण्टासम्म बजारमा तीव्र उतार चढाव देखियो । शेयर बजार बन्द हुने समयमा घट्दै घट्दै गएको देखियो । परिसूचक घटे पनि उपकार लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्रो फाइनान्स लघुवित्तको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ ।
कारोबारका आधारमा जानकी फाइनान्स कम्पनी १५ करोड ५९ लाख २३ हजार रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।