जनसङ्ख्या नीतिले नै सम्पूर्ण योजनाको आधार निर्माण गर्ने : स्वास्थ्यमन्त्री प्रदीप पौडेल
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जनसङ्ख्या नीतिले नै सम्पूर्ण योजनाको आधार निर्माण गर्ने बताएका छन् । बुधबार राष्ट्रिय जनसङ्ख्या नीति मस्यौदा सम्बन्धमा सरोकारवालाहरूसँग छलफल कार्यक्रममा बोल्दै मन्त्री पौडेलले जनसङ्ख्या प्राथमिकतामा मात्र नभई प्रमुख प्राथमिकतामा पर्नुपर्ने बताए ।
साथै उनले नेपालको सबै जनसङ्ख्या सम्बन्धी काम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्नुपर्ने हो या स्वास्थ्यसँग जोडिने तर जनसङ्ख्याको विषयको काममात्र गर्नुपर्ने हो यो छुट्टाउन आवश्यक रहेको बताए ।
उनले नेपालको सबै जनसङ्ख्याको काम तथ्यांक विभागले गर्नुपर्ने र त्यसमा विश्वविद्यालयका डिपाटमेण्टहरू जोडिनुपर्ने, राज्यका जति पनि जनसङ्ख्या सम्बन्धी मेकानिजम छ त्यो सबै एक ठाउँमा जोडिनुपर्ने बताए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
५ जेठ २०८२ १३:२१
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
६ जेठ २०८२ १२:१९