रवि लामिछानेलाई काठमाडौं हुँदै पोखरा पुर्याइयो
काठमाडौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पोखरा पुर्याइएको छ । उनलाई बाराको सिमराबाट काठमाडौं हुँदै पोखरा लगिएको हो ।
वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचक हिनामिना गरेको आरोपमा उनलाई बयानका लागि लगिएको थियो । उनलाई बुद्ध एयरको विमानस्थलबाट काठमाडौं ल्याएर पोखरा लगिएको हो ।
पोखराको सूर्यदर्शन सहकारीबाट सुरु भएको रविमाथिको अनुसन्धान रुपन्देही, काठमाडौं, चितवन हुँदै पर्सा पुगेको थियो । पाँच जिल्लामा रहेको सहकारीको रकम हिनामिना गरेको आरोपमा उनी कास्की प्रहरी हिरासतमा छन् ।
उनीसँग पोखराको सूर्यदर्शन, रुपन्देहीको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा र पर्साको सानो पाइला सहकारीको बचत हिनामिना गरेको भन्दै प्रहरीले हरेक जिल्लाबाट बयान लिएको हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
५ जेठ २०८२ १३:२१
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
६ जेठ २०८२ १२:१९