स्वास्थ्य मन्त्रालयमा विज्ञ सल्लाहकार समिति गठन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पाँच जना विज्ञ सल्लाहकार समितिको गठन भएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै अवैतनिक विज्ञ सल्लाहकार समिति गठन गरेका हुन् ।
समितिमा मेडिकल काउन्सिलका पूर्वअध्यक्ष डा. भगवान कोइराला, पूर्वस्वास्थ्य सचिव डा. सुधा शर्मा, गण्डकी प्रदेश सरकारको योजना आयोगका पूर्वउपाध्यक्ष रघु काफ्ले छन् । यसैगरी पूर्वस्वास्थ्यमन्त्री गगन थापाका सल्लाहकार प्रताप पौडेल र अमित भण्डारी रहेका छन् । समितिले मन्त्री पौडेललाई मन्त्रालयका गतिविधि प्रभावकारी बनाउन सल्लाह दिनेछ ।
‘उहाँको विज्ञताले मन्त्रालयको कामलाई अझै प्रभावकारी बनाउनेछ’, पौडेलले भने, ‘उहाँहरूको साथ, सहयोग, सुझावलाई लिएर अगाडि बढ्नेछु ।’
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
५ जेठ २०८२ १३:२१
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
६ जेठ २०८२ १२:१९