पूर्वाञ्चल इन्जिनियर क्याम्पसमा ५ दिने कम्प्युटर सफ्टवेयर एसेस फेस्ट हुने
काठमाडौं । पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसमा ५ दिने कम्प्युटर सफ्टवेयर आइटीका विद्यार्थीहरुको प्रतिस्पर्धात्मक एसेस फेस्ट हुने भएको छ ।
धरान–८ स्थित पूर्वाञ्चल इञ्जिनियरीङ क्याम्पसको खेल मैदानमा फेस्ट क्याम्पसका विद्यार्थीहरुको एशोसिएसन अफ कम्प्युटर इन्जिनियर स्टुडेन्ट र स्वतन्त्र विद्यार्थी युनियनको संयुक्त आयोजनामा मङ्सिर २६ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने एसेसका अध्यक्ष दिनेश नेपालले बताए ।
आइटीका विद्यार्थीहरु बिच प्रतिस्पर्धात्मक क्षमता विकासको लागि उत्प्रेरणा बढाउन एसेसले फेस्टको आयोजना गर्दै आएको उनले बताए। फेस्टमा धरान, इटहरी, मोरङ, झापा, पोखरा, काठमाडौं, बुटवललगायत नेपालका सबै ठाउँबाट सहभागीहरु आउने आयोजकले जनाएको छ । यसपालि ५ हजारभन्दा बढी विद्यार्थी फेस्टमा प्रतिस्पर्धा गर्न आउने अनुमान गरिएको आयोजकले जनाएको छ ।
फेस्टमा अवलोकन गर्न आइटीका व्यवासयी, प्रयोगकर्ता सर्वसाधारणको उत्तिकै सहभागिता हुने अध्यक्ष नेपालले बताए । फेस्ट आइटी एजुकेशन प्रवर्द्धन, अवसर र विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि आायोजनालाई निरन्तरता दिइएको उनले बताए ।
फेस्टमा आइटी विद्यार्थीहरुले आ–आफ्नो विभिन्न प्रोजेक्ट प्रदर्शन गर्नेछन् । प्रोजेक्ट हेर्न तथा अवलोकन गर्न धरानका विभिन्न विद्यालयबाट विद्यार्थीहरु आउने गरेका छन । फेस्टमा आइटीसम्बन्धी विभिन्न स्टल रहने आयोजकले जनाएको छ ।
आइटीको क्षेत्रमा रुचि भएका विद्यार्थीहरुका लागि फेस्ट उपयोगी रहँदै आएको छ । फेस्टमा इन्टर्न विद्यार्थीहरुको प्रोजेक्ट सो हेर्न व्यावसायिक कम्पनीका प्रतिनिधिहरु आउने गरेको र विद्यार्थीको क्षमता अनुसार रोजगारको अवसर समेत दिने गरेको अध्यक्ष नेपालले बताए ।
फेस्टको अवसरमा आयोजना गरिने ह्याकेथन प्रतियोगितो अर्को आकर्षण रहने आयोजकले जनाएको छ । ह्याकेथन प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने टिमले नगद १ लाख ८० हजार रुपियाँ, ट्रफी प्राप्त गर्नेछ ।
प्रतियोगितामा देशभरका ३५ भन्दा बढी टिम सहभागी रहने एसेसका जनसम्पर्क प्रमुख अमोघ भट्टराईले बताए । फेस्टमा एआर वघण्ड, क्याप्चर द ल्याग, युआइ युएक्स डिजाइन, गुगल मेस्ट्रो, गेम फेस्टिभल लगायत प्रतियोगिता हुनेछ ।
प्रतियोगिताका सबै टिम तथा खेलाडीले नगद पुरस्कार गिफ्ट ह्याम्पर प्राप्त गर्नेछ । फेस्ट बिहान १० बजेदेखि साँझ ५ बजेसम्म दैनिक सञ्चालन हुने आयोजकले जनाएको छ ।