सुनको मूल्य बढ्यो, चाँदीको मूल्य भने स्थिर

भक्तपुर न्यूज

२४ मंसिर २०८१ १२:४६

सुनको मूल्य बढ्यो, चाँदीको मूल्य भने स्थिर

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको हो। जसअनुसार आज सुनको मूल्य १ लाख ५० हजार १०० रुपैयाँ कायम भएको छ।

सुन आइतबार प्रतितोला १ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य भने स्थिर नै रहेको छ। चाँदी प्रतितोला १ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *