स्वास्थ्य मन्त्रालयले थाल्यो दुई कर्मचारी हटाउने प्रक्रिया
काठमाडौं । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले लामो समयदेखि बिना जानकारी गैरहाजिर रहेका दुई कर्मचारीलाई सेवाबाट हटाउने प्रक्रिया अघि बढाएको छ ।
लामो समयदेखि गैरहाजिर कर्मचारीलाई स्पष्टीकरण सोध्दै मन्त्रालयले कारबाही प्रक्रिया थालेको हो । स्पष्टीकरणतथा सफाइ पेश गर्ने मौका दिइएकामा आठौं तहका आयुर्वेद चिकित्सक सुइरा जोशी र पाँचौं तहकी ल्याब टेक्निसियन सरिता पौडेल छन् ।
बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयका अनुसार आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, रसुवामा कार्यरत जोशी ०७९ चैत १९ देखि र मेथिनकोट अस्पताल काभ्रेपलाञ्चोकमा कार्यरत पौडेल ०७९ चैत ३ देखि हालसम्म बिना जानकारी गैरहाजिर छन् ।
नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ अनुसार बिदा स्वीकृत नगरी बिदामा बसेकाले जोशी र पौडेलसँग १५ दिने स्पष्टीकरण मागिएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२५ जेठ २०८२ १७:२७
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
२६ जेठ २०८२ ११:५२
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
२६ जेठ २०८२ ११:४८