माछापुच्छ्रे बैंकको सञ्चालक हरिभक्त सिग्देलको राजीनामा स्वीकृत

भक्तपुर न्यूज

२१ मंसिर २०८१ १२:४०

माछापुच्छ्रे बैंकको सञ्चालक हरिभक्त सिग्देलको राजीनामा स्वीकृत

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडका सञ्चालक हरिभक्त सिग्देलको राजीनामा स्वीकृत भएको छ ।

रामजानकी इन्भेष्टमेन्ट एण्ड पेट्रोलियम सप्लायर्स प्रा।लि।बाट प्रतिनिधित्व गरेका सञ्चालक सिग्देलले मंसिर १४ गते सञ्चालक समितिसमक्ष दिएको राजीनामा बिहीबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।

बैंकले सञ्चालकमा अनिल साह र मुकुन्द महतलाई नियुक्त गरेको हो । बैंक सञ्चालक समितिको मंसिर २० गते बसेको ५१४ औँ बैठकको निर्णयले साह र महतलाई सञ्चालक पदमा नियुक्त गरेको हो । उनीहरू वित्तीय क्षेत्रका अनुभवी व्यक्तिका रूपमा चिनिन्छन् ।

बैंकका सञ्चालक हरिभक्त सिग्देलको राजीनामा स्वीकृत भएको छ । रामजानकी इन्भेष्टमेन्ट एण्ड पेट्रोलियम सप्लायर्स प्रा.लि.बाट प्रतिनिधित्व गरेका सञ्चालक सिग्देलले मंसिर १४ गते सञ्चालक समितिसमक्ष दिएको राजीनामा बिहीबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *