नेप्सेमा १५.९३ अंकको गिरावट, ८ अर्ब ३६ कराेडकाे काराेबार
काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.९३ अंकले घटेर २७३४.९३ को विन्दुमा कायम भएको छ ।
यस दिन नेप्सेमा कारोबार भएको ३०७ कम्पनीको १ करोड ६७ लाख ९७ हजार ७२७ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३६ करोड ९६ लाख ८७ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा ११ उपसूचक राताम्मै भएको छ ।
यस दिन बजारमा गिरावट आउँदा पनि खानीखोला हाइड्रोपावर, सुपरमादी हाइड्रोपावर, मानुषी लघुवित्त, लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) को सेयर मूल्य सर्वाधिक बढेको छ ।
यस दिन सबैभन्दा बढी नेपाल फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ४२ करोड १९ लाख ३९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको एनआरएन इन्फ्रास्ट्रक्चरको करोड २९ लाख ३ लाख ८३ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै यस दिन लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) को २० करोड ८७ लाख २ हजार रुपैयाँ रसुवागढी हाइड्रोपावरको २० करोड ११ लाख ८७ हजार रुपैयाँ, जानकी फाइनान्सको १३ करोड ९८ लाख १२ हजार रुपैयाँको कारोबार भएको हो ।