नेपाल र चीनबीच बिआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर
काठमाडौं । नेपाल र चीन बीच बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको क्रममा बुधबार बिआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको हो । यसअघि बिआरआई फ्रेमवर्कमा हस्ताक्षर नहुने चर्चा चलिरहेको थियो ।
नेपाल सरकार र चीन सरकारका अधिकारीहरू बीच सहमती जुटेपछि दुई देशका परराष्ट्र सचिवले यसै पटक फ्रेमवर्कमा हस्ताक्षर गरेका छन् । सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेसबीच बिआरआई ऋणमा नभई अनुदानमा मात्रै लिने समझदारी थियो ।
चीनले भने अनुदान(ग्रान्ट) शब्दमा सहमत नभएको समाचार बाहिरिएका थिए । यस्तोमा सहयता(एड) शब्दको मध्यमार्गी बाटोका विषयमा छलफल भइरहेको स्रोतको भनाई छ । अहिले हस्ताक्षर भएको फ्रेमवर्कको आधिकारिक दस्तावेज भने सार्वजनिक भइसकेको छैन ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
५ जेठ २०८२ १३:२१
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
६ जेठ २०८२ १२:१९