उपनिर्वाचनको परिणाम आउने क्रम जारी, हालसम्म विजयी भएका उम्मेदवारहरू
काठमाडौं । स्थानीय तहको उपनिर्वाचनको परिणाम आउने क्रम जारी छ । जस अनुसार हालसम्म ३१ ठाउँमा परिणाम आइसकेको छ । हालसम्म विजयी भएका उम्मेदवार यस प्रकारका छन् ।
१. ताप्लेजुङको सिरीजंगा गाउँपालिका ३ मा एमालेकी कुमारी सावदेन विजयी
२. झापाको कन्काई नगरपालिका ६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली विजयी
३. गुल्मीको मुसिकोटनगरपालिका १ मा कांग्रेसका आनन्द श्रेष्ठ विजयी
४. महोत्तरीको रामगोपालपुर नगरपालिका २ मा एमालेका सकिवुल खाँ विजयी
५. दैलेखको दुल्लु नगरपालिका १३ मा एमालेका लालबहादुर शाही विजयी
६. गोरखा नगरपालिका ५ मा नेकपा माओवादी केन्द्रका विष्णु ब।मगर विजयी
७. रौतहटको इशनाथ नगरपालिका ७ मा काँग्रेसका शेख अब्दुल खलिक विजयी
८. रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ मा कांग्रेस मोतीराम खत्री विजयी
९. जाजरकोटको कुशे गाउँपालिका७ मा कांग्रेसका खम्बबहादुर सिंह विजयी
१०. डोटीको पुर्बीचौकी गाउँपालिका ६ मा कांग्रेसका मोहन थापा विजयी
११. दार्चुलाको दुहुँ गाउँपालिका ५ मा कांग्रेसका धनसिंह कुँवर विजयी
१२. ओखलढुंगाको मोलुङ गाउँपालिका ५ मा एमालेका गंगा तामाङ विजयी
१३. रोल्पाको रुन्टिगढी गाउँपालिका ४ मा कांग्रेसका भुपमणि पुन विजयी
१४. कालिकोटको तिलागुफा गाउँपालिका ४ मा नेमकिपाका खड्कराज शाही विजयी
१५. धनुषाधाम नगरपालिका१ मा माओवादी केन्द्रका शुनिल कापर केवट विजयी
१६. सुनसरीको गढी गाउँपालिका ६ मा काँग्रेसका तेतर साह विजयी
१७. बझाङको सुर्मा गाउँपालिका ४ मा काँग्रेसका धिरेन्द्र पुजारा विजयी
१८. बर्दियाको ठाकुरबाबा नगरपालिका ४ मा काँग्रेसका अमिन चौधरी विजयी
१९. रौतहटको राजपुर नगरपालिका ६ मा कांग्रेसका समसे आलम विजयी
२०. सप्तरीको डाक्नेश्वरी नगरपालिका ४ मा जसपा नेपालका देवेन्द्र यादव विजयी
२१. तेह्रथुमको लालिगुँरास नगरपालिका ८ मा कांग्रेसका नगेन्द्र लिम्बु विजयी
२२. कञ्चनपुरको भीमदत्त नगरपालिका ६ मा कांग्रेसका प्रकाश चन्द विजयी
२३. नुवाकोटको ककनी गाउँपालिका २ मा माओवादीकाकृष्ण घिमिरे विजयी
२४. कीर्तिपुर नगरपालिका १ मा कांग्रेसका इच्छाकुमार महर्जन विजयी
२५. कपिलवस्तुको शुद्धोधन गाउँपालिका १ मा एमालेका मोहमद मुसलमान विजयी
२६. हेटौंडा उपमहानगरपालिका १२ मा काङ्ग्रेसका अर्जुन प्रसाद तिवारी विजयी
२७. उदयपुरको त्रियुगा नगरपालिका १२ मा माओवादीका नवीन बान्तवा विजयी
२८. सप्तरीको डाक्नेश्वरी नगरपालिका १ मा जसपा नेपालका धिरेन्द्रकुमार साह विजयी
२९. रौतहटको गढीमाई नगरपालिका ८ मा नेकपा एसका बजरंगी प्रसाद यादव विजयी
३०. काठमाडौं महानगरपालिका १६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी
३१. बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा एमालेकी सुलोचना भण्डारी विजयी