गृह मन्त्रालय मातहतका १२ जना उपसचिवको सरुवा तथा पदस्थापन

भक्तपुर न्यूज

१४ मंसिर २०८१ १२:१७

गृह मन्त्रालय मातहतका १२ जना उपसचिवको सरुवा तथा पदस्थापन

काठमाडौं । गृह मन्त्रालयले मन्त्रालय मातहतका १२ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालयको बुधबार भएको निर्णयअनुसार मातहतका उपसचिवहरूको जिम्मेवारी हेरफेर गरिएको हो ।

मन्त्रालयका अनुसार उपसचिव चिरञ्जीवी भण्डारीलाई भक्तपुरको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ l यस्तै कारागार कार्यालय झुम्काका कारागार प्रशासक ध्रुवप्रसाद कोइरालालाई धनुषाको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

चेतराज बराल सिराहाको सहायक प्रमुख जिल्ला बन्दा केन्द्रीय कारागारका जेलर कृष्णबहादुर कटुवाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । केन्द्रीय कारागारको प्रमुखमा अन्जन न्यौपानेलाई पठाइएको छ भने खगेन्द्र सुवेदीले धनकुटाको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएका छन् ।

ललितपुरको सहायक प्रजिअमा गीता घिमिरे र कारागार कार्यालय झुम्काको प्रमुखमा सुवासकुमार लामिछानेलाई सरुवा गरिएको छ । चूडामणि शर्मा गौतमलाई जिल्ला प्रशासन कार्यालय चितवनको सहायक प्रजिअ र चेतराज बराललाई सिरहाको सहायक प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *