सप्तकोसी डेभलपमेन्ट बैंकको ४० हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । सप्तकोसी डेभलपमेन्ट बैंक लिमिटेडले ४० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले मंसिर १३ गते विद्यमान संस्थापक सेयर धनीहरूले मात्र खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।
शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयर धनीहरूले आगामी ३५ दिन अर्थात् पुस १६ गतेभित्र आवेदन पेस गर्नुपर्नेछ । आवेदन कम्पनीको कर्पोरेट कार्यालय विराटनगर, मोरङमा पेस गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयर धनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
९ जेठ २०८२ १२:२२
अमेरिकामा इजरायली दूतावासका दुई कर्मचारीको हत्या
९ जेठ २०८२ १२:२०
बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर
९ जेठ २०८२ १२:२४
आज सुन तोलामा १७ सय रुपैयाँ वृद्धि
९ जेठ २०८२ १२:२५