बीआरआई परियोजना स्वीकार गर्न माधव नेपालको सुझाव
काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बीआरआई परियोजना स्वीकार गर्न सुझाव दिएका छन् । बीआरआई नेपालको हितमा रहेको भन्दै उनले यसबाट लाभ लिनुपर्ने बताए ।
चीन भ्रमणका एजेण्डाबारे आज प्रधानमन्त्री ओलीले आयोजना गरेको छलफलमा सहभागी पूर्वप्रधानमन्त्री नेपालले भने, ‘बीआरआई प्रोजेक्ट नेपालको हितको विरुद्धमा छैन । नेपाल जस्तो देशले लाभ लिनुपर्छ ।’
बीआरआईलाई नेपालले पहिले नै स्वीकार गरिसकेको बताउँदै उनले भने, ‘लाभ लिने कुराको सन्दर्भमा हामीले सबैसँग सम्बन्ध राख्ने गर्दछौं, लाभ लिने गरेका छौं । बीआरआईसँग त उहिले नै आबद्ध भइसक्या छौं ।’
यसैगरी एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि चीनबाट ऋण लिन्न भन्नु आवश्यक नरहेको बताएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
६ जेठ २०८२ १२:१६