सहरीविकास मन्त्री प्रकाशमान सिंहद्वारा नेपाल–कोरियामैत्री अस्पतालको नयाँ भवन शिलान्यास
काठमाडौं । नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालको नयाँ भवन शिलान्यास गरिएको छ । सोमबार भक्तपुरको मध्यपुर थिमिमा आयोजित एक कार्यक्रमकाबीच कोरिया सरकारको १ अर्व २८ करोड आर्थिक सहयोगमा निर्माण हुन लागेको अस्पतालको सुविधा सम्पन्न नयाँ भवनको उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले शिलान्यास गरेका हुन् ।
भवन शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री सिंहले अस्पतालमा सञ्चाल हुने सेवाको माध्यमबाट नेपाल र कोरियाबीचको सम्बन्धलाई अझ अगाडि बढाउने विश्वास व्यक्त गरे । स्थानीय बासिन्दा मात्र नभइ आसपासका सबैलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन लायकको अस्पताल निर्माण हुन लागेको उनको भनाई छ ।
उनले भने,‘मलाई खुसी केमा लागेको छ भने अस्पतालले नेपाल र कोरियाबीचको सम्बन्धलाइए अगाडि बढाउन र सेवा विस्तार गरेर स्थानीय मात्र नभइ आसपासका सबैलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन लायकको अस्पताल बन्दैछ ।’ अस्पताल दक्षिण कोरियाको सहायतामा चल्दै आएको छ ।
२ वर्षभित्र भवन निर्माण सम्पन्न हुने नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताए । वि.सं. १९९९ सालमा स्थापना भएको यस अस्पताल वि.सं. २०७५ सालमा नगरपालिकाले स्वामित्व लिएर संचालन गर्दै आइरहेको छ । अस्पतालवाट गत बर्ष १ लाख ९२ हजारले स्वास्थ्य उपचार सेवा लिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।
भवन निर्माणले नेपाल र कोरियाबीचको सम्बन्ध अझ प्रगाढ बन्ने नेपालका लागि दक्षिण कोरियाका राजदूत ताईयोङ्ग पार्कले बताए ।