महालक्ष्मी विकास बैंकले देशभरका ७७ स्थानमा रहेका घरजग्गा लिलाम गर्ने
काठमाडौं । महालक्ष्मी विकास बैंकले देशभरका ७७ स्थानमा रहेका घरजग्गा लिलाम गर्ने भएको छ । बैंकले देशका सातवटै प्रदेशमा रहेका गैरबैंकिङ सम्पत्तिहरु लिलाम बढाबढमार्फत् बोलकबोल गर्न लागेको हो ।
यसरी लिलामी हुन लागेका सम्पत्तिहरुमा कोशीमा १९, मधेशमा २, बाग्मतीमा ७, गण्डकीमा ४, लुम्बिनीमा ३, कर्णालीमा ७ र सुदूरपश्चिममा ३४ स्थानमा रहेका घर तथा जग्गा रहेका छन् ।
विभिन्न समयमा ऋण लिएर समयमा ऋण नतिरी कालोसूचीमा परेका सम्पत्तिहरु बैंकले आफ्नो नाममा सकारेर राखेको थियो । उक्त सम्पत्तिहरु लिलामीका लागि बैंकले यसअघि नै १५ दिने सूचना प्रकाशित गरेको थियो ।
सो सम्पत्तिका लागि मंगलबारसम्म बोलबकोलमा सहभागी हुन सकिनेछ । यसमा सहभागी भएकाहरुको बोलपत्र बुधबार खोलिनेछ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ जेठ २०८२ ९:१२
ट्रम्प प्रशासनविरुद्ध हार्वर्ड विश्वविद्यालयद्वारा मुद्दा दायर
११ जेठ २०८२ ९:२०
गाजामा इजरायलको पछिल्लो बम आक्रमणमा ७६ जनाको मृत्यु
११ जेठ २०८२ ९:०३
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
११ जेठ २०८२ ९:२३
हैदराबादसँग पराजित भएपछि आरसीबीको ‘क्वालिफायर’ संभावना संकटमा
११ जेठ २०८२ ९:०८