झण्डै पाँच महिनापछि आईपीओ निष्कासनको अनुमति

भक्तपुर न्यूज

१० मंसिर २०८१ ११:४२

झण्डै पाँच महिनापछि आईपीओ निष्कासनको अनुमति

काठमाडौं । झण्डै पाँच महिनापछि धितोपत्र बोर्डले आईपीओ निष्कासनको अनुमति दिएको छ । आइतबार बोर्डले गार्डियन लाइफ इन्स्योरेन्सको २२ करोड ५० लाख कित्ता शेयर निष्कासनका लागि अनुमतिपत्र प्रदान गरेको हो ।

यसअघिका अध्यक्ष रमेश हमालले अघिल्लो वर्ष पुस १९ सम्म विभिन्न कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको थियो । हमालको अवकाशपछि आईपीओ निष्कासन प्रक्रिया रोकिँदै आएकोमा असारमा रिलायन्स स्पिनिङ मिललाई प्रिमियम मूल्यमा आईपीओ निष्कासनका लागि अनुमति दिइएको थियो ।

तर, संसद्को सार्वजनिक लेखा समितिको निर्देशनसँगै सो आईपीओ निष्कासन रोकिएको छ । अहिले भने अंकित मूल्यमै निष्कासन गर्नेगरी स्वीकृति दिइएको हो । अहिले धितोपत्र बोर्डको अध्यक्षका लागि तीनजनाको नाम सिफारिस भएको छ । १० महिनादेखि रोकिएको आईपीओ प्रक्रिया नयाँ अध्यक्ष आउने मुखमा अनुमति दिइएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *