नेप्सेमा ३१.३१ अंकको गिरावट, ८ अर्ब २५ करोडको कारोबार

भक्तपुर न्यूज

६ मंसिर २०८१ १५:३९

नेप्सेमा ३१.३१ अंकको गिरावट, ८ अर्ब २५ करोडको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बुधबार ९ अंकले बढेको नेप्से परिसूचक आज ३१.३१ अंकले घटेर २६८०.४४ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्ड‍ेक्स १.१५ प्रतिशतले घटेर ४७२.९७ विन्दुमा कायम भएको छ।

नेप्से परिसूचक दोहोरो अंकले घटेपनि कारोबार रकम भने बुधबारको तुलनामा बढेको छ। यसदिन ३१४ स्क्रिप्सको १ करोड ८४ लाख ७४ हजार २४ कित्ता सेयर ८ अर्ब २५ करोड ७६ लाख ४३ हजार ८८६ रुपैयाँमा खरिदबिक्री भए। बुधबार ८ अर्ब माथिको सेयर कारोबार भएको थियो।

दोहोरो अंकले घटेको सेयर बजारमा दुईवटा कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सामुदायिक लघुवित्त वित्तीय संस्था र थ्री स्टार हाइड्रोपावरको सयर १० प्रतिशतले वृद्धि भएको हो। आज जानकी फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घटयो।

कारोबार रकमका आधारमा नेपाल फाइनान्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीले २५ अर्ब माथिक सेयर कारोबार गर्यो। यसैगरी नगदी ग्रुपको २३ करोड,रसुवागढी हाइड्रोपावर कम्पनीको १९ करोड,हिमालयन ऊर्जा विकासको १८ करोड र कर्णाली डेभलपमेन्ट डेभलपमेन्ट बैंकको १६ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

यसदिन सबै समूहको सूचक नकारात्मक देखिएका छन्। कारोबारमा आएकामध्ये ४३ स्टक्सको मूल्य बढ्दा १९७ वटाको घट्यो। ४ समूहको उपसूचक भने नकारात्मक देखिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *