राष्ट्रपतिद्वारा ढुङ्गानाका परिवारप्रति समवेदना

भक्तपुर न्यूज

६ मंसिर २०८१ ११:१३

राष्ट्रपतिद्वारा ढुङ्गानाका परिवारप्रति समवेदना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख एवं संविधानविद् दमननाथ ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनका शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेल र उनकी श्रीमती सविता पौडेलले स्वर्गीय ढुङ्गानाको निवासमा पुगेर उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेका हुन् ।

पूर्वसभामुख ढुङ्गानाको उपचारका क्रममा ८३ वर्षको उमेरमा गत आइतबार निधन भएको हो । उनी लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *