बोटलर्स नेपाल (तराई)को नगद लाभांश घोषणा

भक्तपुर न्यूज

६ मंसिर २०८१ १०:५०

बोटलर्स नेपाल (तराई)को नगद लाभांश घोषणा

काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडले लगानीकर्तालाई यो वर्ष प्रतिकित्ता ५० रुपैयाँ नगद लाभांश दिने घोषणा गरेको छ । बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकबाट सेयरधनीलाई आर्थिक वर्ष २०८०/८१ नाफाबाट उक्त लाभांश घोषणा गरिएको हो ।

गत वर्ष यो कम्पनीले प्रतिकित्ता ६० रुपैयाँका दरले लाभांश दिएको थियो । कम्पनीले घोषणा गरेको उक्त लाभांश ३८औँ साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले प्राप्त गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *