नेपाल एअरलाइन्सकाे ‘मकालु’ जहाज आजदेखि पुनः नियमित उडानमा
काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) को ए–३३० वाइडबडी (मकालु) जहाज आजदेखि पुनः नियमित उडानमा जाने भएको छ । जहाजको नियमित सी–चेकको मर्मतपछि नियमित उडान गर्न लागिएको निगमका प्रवक्ता रमेश पौडेलले बताए ।
जहाज मर्मतका लागि तीन महिनाअघि इटाली लगिएको थियो । अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी सी–चेकको मर्मतपछि जहाज आज बिहान ८ बजेर ५२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । यो जहाजले आज बेलुकादेखि उडान शुरू गर्नेछ ।
योसहित निगमका चार वटै जहाजले अन्तर्राष्ट्रिय क्षेत्रमा नियमित उडान गरेसँगै यात्रुलाई थप सेवा पुग्ने विश्वास गरिएको प्रवक्ता पौडेलले बताए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१७ जेठ २०८२ ८:४३
ग्राहकले किनेको सुन फेरि बिक्री गर्दा २ प्रतिशत शुल्क
१३ जेठ २०८२ १४:१५
गृहमन्त्री लेखकमाथि खनिने आफ्ना नेतामाथि स्पष्टीकरण सोध्न माग
१४ जेठ २०८२ १३:००