राष्ट्र बैंकको नाफा २१ दशमलव ९६ प्रतिशतले बढ्यो

भक्तपुर न्यूज

३ मंसिर २०८१ ११:३८

राष्ट्र बैंकको नाफा २१ दशमलव ९६ प्रतिशतले बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकको खुद नाफा अघिल्लो वर्षको तुलनामा २१ दशमलव ९६ प्रतिशतले बढेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा अघिल्लो वर्षको तुलनामा बढेर आर्थिक वर्ष २०८०–८१ को खुद नाफा ७३ अर्ब ७६ करोड २३ लाख २१ हजार रुपैयाँ पुगेको उल्लेख छ ।

राष्ट्र बैंकले विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनःमूल्याङ्कन लाभ/हानी समायोजन लगायतबाट नाफा तय गरेको हो । यसैबीच बैंकको सञ्चालक समितिको बैठकले बैंकको खुद मुनाफाबाट विभिन्न आवश्यक कोषहरूमा छुट्याउनुपर्ने रकम विनियोजन गरी बाँकी ३७ अर्ब २२ करोड ३८ लाख २१ हजार रुपैयाँ सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ ।

गएको असार मसान्तको वित्तीय अवस्थाको विवरणअनुसार राष्ट्र बैंकको सम्पत्ति तथा दायित्व २०८० असार मसान्तको तुलनामा ३० दशमलव १५ प्रतिशतले बढेर २० खर्ब ६७ अर्ब २ करोड ४३ लाख ७८ हजार रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *