गृहमन्त्री लेखक र एसएसबी महानिर्देशकबिच भेटवार्ता

भक्तपुर न्यूज

२ मंसिर २०८१ १३:०४

गृहमन्त्री लेखक र एसएसबी महानिर्देशकबिच भेटवार्ता

काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक अमृतमोहन प्रसाद नेतृत्वको टोलीले भेटवार्ता गरेको छ ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा आज बिहान भएको भेटवार्तामा नेपाल–भारत सीमा सुरक्षाका विषयमा कुराकानी भएको थियो ।

भेटवार्तामा नेपालको तर्फबाट गृह सचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी बल नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल पनि सहभागी थिए ।

सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबिच हरेक वर्ष हुने समन्वय बैठकमा भाग लिन महानिर्देशक प्रसादको नेतृत्वमा एसएसबीको उच्च स्तरीय टोली काठमाडौं आएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *