अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित

भक्तपुर न्यूज

२ मंसिर २०८१ ११:५९

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित

काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठक स्थगित भएको छ ।

मन्त्रीहरु उपस्थित हुन नसक्ने भएपछि आजका लागि तय भएको बैठक स्थगित भएको हो ।

परराष्ट्रमन्त्री राणा सुदूरपश्चिम भ्रमणमा रहेकी र पर्यटनमन्त्री बद्रिप्रसाद पाण्डे उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित गरिएको हो ।

समिति सचिवालयका अनुसार आजैको बैठकमा प्रधानमन्त्री ओलीलाई समेत उपस्थित गराएर छलफल गर्ने तयारी थियो । उनको पनि समय नमिलेकाले बैठक बस्न सकेन् ।

आजका लागि तय भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे छलफल गर्ने कार्यसूची रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *