८४ को निर्वाचनमा सत्ताधारी दुई ठूला दलहरु छुट्टाछुट्टै भिड्ने : पोखरेल
भक्तपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले २०८४ को निर्वाचनमा सत्ताधारी दुई ठूला दलहरु छुट्टाछुट्टै भिड्ने बताएका छन् ।
एमाले सूर्यविनायक नगर कमिटीको दोस्रो अधिवेशनको उद्घाटन गर्दै उनले दुई ठूला दलहरु संकटको बेलामा र विकास निर्माणका बेला एकजुट हुने गरेता पनि चुनावी प्रतिस्पर्धामा भने एक्ला एक्लै उत्रिने बताए ।
८४ को निर्वाचनमा जो पहिलो पार्टी बन्न सफल रहन्छ उसले ५ बर्ष सरकारले चलाउने पोखरलेले दावी गरे । देशमा उदाएको हल्लाको भरममा चलेका नयाँ शक्ति भन्नेहरुको हालत देखिसकिएको भन्दै उनले भने, ‘राजनितिक त्याग बलियो संगठन भएका राजनितिक दलहरुले मात्रै लोकतन्त्रको रक्षा गर्न सक्छन् । नयाँ दलहरुको हविगत देखिसकेकाले अब मुलुक विकास गर्न सक्ने क्षमता पुराना दलमा मात्रै रहेका छन् ।’
मुलुकको विकास गर्ने हो भने विदेशिका युवा शक्तिलाई नेपालमै रोजगारीको अवसर श्रृजना गर्नु पर्नेमा उनले जोड दिए । काठमाडौं महानगरका प्रमुख र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रति इगित गर्दै उनले भने, ‘र्याप गीत गाएकै भरमा र सामाजिक सञ्जालमा भाइरल भएकै आधारमा राजनीतिमा लगेकाहरुबाट केहि नहुने भन्दै नेपाल र नेपालीको साथै मुलुकमा लोकतान्त्रिक गणतन्त्रको रक्षा नेपाली कांग्रेस र एमालेले मात्र गर्न सक्छन् ।’