समता घरेलु लघुवित्तको एफपिओ बाँडफाँट

भक्तपुर न्यूज

३० कार्तिक २०८१ ११:२७

समता घरेलु लघुवित्तको एफपिओ बाँडफाँट

काठमाडौं । समता घरेलु लघुवित्तको एफपिओ आज (शुक्रबार) बाँडफाँट भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा एफपिओ बाँडफाँट भएको हो। जसमा ३५ हजार ९० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन्।

बाँकी रहेको ४.२५ कित्ता सेयर ४ जनालाई १/१ कित्ताका दरले बाँडफाँट गरिएको बिक्री प्रबन्धकले जनाएको छ। कम्पनीले कात्तिक १२ गतेदेखि २० गतेसम्म प्रतिकित्ता १०० रूपैयाँमा ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपिओ जारी गरेको हो।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपिओ जारी गरेको थियो। लगानीकर्ताले बिक्री प्रबन्धक कुमारी क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट एफपिओको नतिजा हेर्न सक्नेछन्।

साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ। सेयर निष्कासनसँगै कम्पनीको संस्थापकहरूसँग ६९.४८ प्रतिशत र सर्वसाधारणमा ३०.५२ प्रतिशत सेयर स्वामित्व पुग्ने छ। हाल कम्पनीको प्रतिसेयर नेटवर्थ एक सय ३० रूपैयाँ ९७ पैसा र प्रतिसेयर आम्दानी ६ रूपैयाँ ३० पैसा छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *