दोहोरो अंकले बढ्यो सेयर बजार, १० अर्ब ३२ करोडको कारोबार

भक्तपुर न्यूज

२९ कार्तिक २०८१ १५:४४

दोहोरो अंकले बढ्यो सेयर बजार, १० अर्ब ३२ करोडको कारोबार

काठमाडौं । पछिल्ला केही दिनमा घट्दै गएको नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १३ दशमलव ९५ अंकले बढेर २७४८ दशमलव ७८ को विन्दुमा पुगेको छ ।

बिहीबार ३२१ कम्पनीका एक लाख १ हजार ५ सय ४५ पटकको कारोबारमा २ करोड १६ लाख ६० हजार ६ सय ३९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १० अर्ब ३२ करोड ३ लाख ३१ हजार रुपैयाँ रहेको छ ।

१५९ कम्पनीको सेयर मूल्य बढ्दा ७९ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये ६ वटा राताम्मे हुँदा अन्यमा हरियाली छाएको छ । आज गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त, अपर हेवाखोला हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यसै गरी, आज जानकी फाइनान्स, नगदी ग्रुप, समृद्धि फाइनान्स, नेपाल फाइनान्स र पीपुल्स हाइड्रोपावर कम्पनीहरूको सर्वाधिक कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *